NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

के प्रचण्ड सरकार ढल्न लागेकाे हाे ?

 

काठमाडौं । चितवान–२ बाट प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा भारी मतसहित निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना बलियो रहेको प्रतिक्रिया दिएका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीलाई आफू सरकारमा जाने सम्भावना नभएको स्पष्ट पारे ।

‘सरकारमा जाने विषयमा सोच्ने कुरा छैन। समर्थनमा के गर्ने भन्ने विषयमा भने छलफल गर्नुपर्ने हुन्छ । यस सम्बन्धमा संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर गम्भीर समीक्षा गर्नेछौं,’ उनले भने ।

यसअघि सानदार जितसँगै वैशाख १२ गते चितवनमा उनले सरकारलाई दिइरहेको समर्थन कायम राख्न जरुरत नभएको प्रतिक्रिया दिएका थिए । जुनसुकै बेला भएको भ्रष्टाचारको फाइल खोल्ने आफ्नो प्रस्ताव सरकारले न्युनताम नीति तथा साझा कार्यक्रमबाट हटाइएकोमा त्यतिबेला उनले असन्तुष्टी पोखेका थिए । सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्नेबारे निर्णय गर्न रविले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बोलाएका छन् । सत्ता समर्थित तेस्रो ठूलो दलका मूल नेतृत्वबाट आएको अर्थपूर्ण अभिव्यक्तिले प्रचण्ड सरकारको आयुबारे राजनीति वृत्तमा लोखाजोखा सुरू भएको छ ।

प्रचण्ड सरकरको आयु कति ?

रविको अभिव्यक्तिलाई लिएर राजनीतिक विश्लेषकले सम्भावित दुई विषयलाई प्रष्ट पारेका छन् । पहिलो रविको अभिव्यक्ति पुनः उपप्रधानमन्त्री एवं गृहमन्त्रीसहित शक्तिशाली मन्त्रायलय लिएर सरकारमा जाने रणनीति हुन सक्छ । दोस्रो प्रतिपक्षमा बसेर आगामी निर्वाचनमा राजनीति फाइदा लिन सरकार छाड्ने हतियार बनाएको हुन सक्छ ।

प्रचण्ड सरकारको आयुबारेमा राजनीतिक विश्लेषक मुमाराम खनालले तत्काल वर्तमान सरकार ढल्ने सम्भावना नभएको बताएका छन् । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि वर्तमान सरकार नढल्ने उनको बुझाइ छ ।

‘रास्वपाले समर्थन फिर्ता लिँदैमा सरकार ढल्दैन । राजनीति फाइदाका लागि रास्वपाले बनाएको रणनीतिअनुसार रविको अभिव्यक्ति आएको हुन सक्छ । पहिलो उपनिर्वाचनबाट रास्वपाले जुन किसिमको उत्साहजनक मत प्राप्त गरेको छ, त्यसलाई प्रतिपक्षमा बसेर काम गर्दा आगामी निर्वाचनमा फाइदा लिने उसको आकलन हुनसक्छ । अर्को कुरा आफैले चाहेका गृहसहित शक्तिशाली मन्त्रालय पाएमा सरकारमा जानपनि सक्छ । त्यसकारण यी दुवै सम्भावना छ’, उनले भने ।

विश्लेषक खनालकाअनुसार रास्वपालाई वैकल्पिक शक्तिमा देख्न चाहनेहरूले पनि पाँच वर्ष सरकारमा भन्दा प्रतिपक्षमा बसोस भन्ने चाहेका छन् । यसको अन्तर्य प्रतिपक्षमा बसेर अगामी निर्वाचनमा राजनीति लाभ उठाउन भएको उनको भनाइ छ ।

‘एमाले प्रतिपक्षामा बसेकाले सरकारको कुरामा त्यति धेरै चासो छ जस्तो लाग्दैन । कांग्रेसलाई बाहिर राखेर सत्ता चलाउन एमालेले जोखिम मोल्ने दुस्साहस नगर्ला’, नेपालवाचसँग उनले भने, ‘एमालेका लागि अहिले सत्ता गौण जस्तो लाग्छ । सायद अर्को निर्वाचन फेस गर्न प्रतिपक्षबाट नै सजिलो हुने एमालेले देखेको जस्तो लग्छ । त्यसकारण तत्काल प्रचण्ड सरकार ढल्ने अवस्था म देख्दिन ।’

खनालले वर्तमान सरकार ढाल्न एमालेको चासो नरहेको विश्लेषण गरेका छन् । अहिलेको अवस्थामा कांग्रेसलाई बाहिर राखेर एमालेले सरकार बनाउने कुनै सम्भावना नदेखिएको उनको अनुमान छ ।

‘एमाले प्रतिपक्षामा बसेकाले सरकारको कुरामा त्यति धेरै चासो छ जस्तो लाग्दैन । कांग्रेसलाई बाहिर राखेर सत्ता चलाउन एमालेले जोखिम मोल्ने दुस्साहस नगर्ला’, नेपालवाचसँग उनले भने, ‘एमालेका लागि अहिले सत्ता गौण जस्तो लाग्छ । सायद अर्को निर्वाचन फेस गर्न प्रतिपक्षबाट नै सजिलो हुने एमालेले देखेको जस्तो लग्छ । त्यसकारण तत्काल प्रचण्ड सरकार ढल्ने अवस्था म देख्दिन ।’

खनालले भनेजस्तै सरकार फेरबदलको बारेमा एमाले नलागेको शीर्ष नेताहरूले बताएका छन् । केन्द्रदेखि स्थानीय तहसम्म ‘मिसन ग्रासरुट’ अभियान चलाएको एमालेले अहिले सत्ता भन्दापनि स्थानीय तहसम्म संगठन विस्तार, पार्टी सुदृढिकरण अभियानमा लागेको छ । यसैविषयमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पनि एमाले सरकारमा जानेवा फेरबदल गर्ने पक्षमा नरहेको प्रतिक्रिया दिए ।

‘हाम्रो ध्यान अहिले सरकारमा छैन । प्रतिपक्षमै बसेर जनताको एजेण्डा स्थापित गर्ने पक्षमा छौं । गठबन्धन बनाउने वा गिराउने भन्दापनि हामी संगठन विस्तार तथा सुदृढिकरणतर्फ पार्टीको ध्यान गएको छ’, ज्ञवालीले भने ।

वर्तमान सरकाले जनजीविका, राष्ट्रियता, आर्थिक संकट समाधानतर्फ कुनै काम गर्न नसक्ने भन्दै उनले प्रचण्डसरकार आफै ढल्ने जिकिर गरे ।

‘वर्तमान सरकारलाई एक मिनेट पनि दायाँबाँया वा अलमलिने छुट छैन । प्रचण्डजीमा योपटक केही गरौं भन्ने हुटहुटी देखिन्छ’, उनले भने, ‘तर उहाँले काम गर्ने मेसो पाउनुभएको छैन । यो पाँच वर्ष खेर फाल्यौं भने जनताले हामीलाई माफ गर्ने छैनन् ।’

यद्यपि तीन महिनाको सरकारको गतिविधि हेरेर कांग्रेसकै नेताहरूसमेत सन्तुष्ट छैनन् । विशेष गरी शेखर पक्षका नेताहरूले चुनावी घोषणापत्रमा प्रतिवद्धता जनाएअनुसार प्रधानमन्त्री प्रचण्डले काम गर्न नसकेको प्रतिक्रिया दिएका छन् । कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापाले पहिलोको तुलनमा प्रधानमन्त्री प्रचण्डले केही गर्ने हुटहुटी देखाएपनि देखिने गरी काम गर्न नसकेको आरोप लगाएका छन् ।

‘वर्तमान सरकारलाई एक मिनेट पनि दायाँबाँया वा अलमलिने छुट छैन । प्रचण्डजीमा योपटक केही गरौं भन्ने हुटहुटी देखिन्छ’, उनले भने, ‘तर उहाँले काम गर्ने मेसो पाउनुभएको छैन । यो पाँच वर्ष खेर फाल्यौं भने जनताले हामीलाई माफ गर्ने छैनन् ।’

तर प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकार गठन भएसँगै सत्ता समीकरण फेरबदल, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखको निर्वाचन, उपनिर्वाचनको तयारी र मन्त्रिपरिषद विस्तार हुन नसकेकाले सरकारले राम्रोसँग काम गर्न नसकेको स्वीकारे ।

‘विभिन्न अप्ठ्याराकाबीच सरकारले राम्रो काम गर्दै आएको छ । सरकारको ध्यान अब न्यूनतम तथा साझा कार्यक्रम अनुसार जनपक्षीय बजेट निर्माणमा रहेको छ । तीन महिनामा सरकारले राम्रो कामको थालनी गरेपनि बाहिर नकारात्मक प्रचार भयो ।’

सरकारको ध्यान जनपक्षीय बजेट निर्माणतर्फ भएकाले जनभावनालाई समेटिने गरी बजटे ल्याउने तयारी भएको उनले बताए । सरकारले राम्रो काम गर्न खोज्दा पनि बाहिर नकारात्मक प्रचार गर्न खोजिएकोमा उनले असन्तुष्टी जनाए ।

‘विभिन्न अप्ठ्याराकाबीच सरकारले राम्रो काम गर्दै आएको छ । सरकारको ध्यान अब न्यूनतम तथा साझा कार्यक्रम अनुसार जनपक्षीय बजेट निर्माणमा रहेको छ । तीन महिनामा सरकारले राम्रो कामको थालनी गरेपनि बाहिर नकारात्मक प्रचार भयो ।’

वर्तमान सरकार फेरबदल हुने कुनै सम्भावना नभएको उनको जिकर छ । सत्ता समीरकरण फेरबदलको खेलमा गठबन्धन दलहरू नभएको भन्दै यो सरकार झनै बलियो हुने उनले बताए ।

समीकरण भत्काउन एमाले लागेको माओवादीको आशंका

१० पुसमा एमालेको प्रस्तावमा गठन भएको प्रचण्ड सरकारबाट तीन महिना नपुग्दै एमाले बाहिरियो । राप्रपालेसमेत सरकारलाई दिएको समर्थन फिर्ता लियो । तत्कालीन सत्ता गठबन्धनको तेस्रो ठूलो दल रास्वपाल सरकारलाई दिएको समर्थन कायमै राखखि सरकारबाट बाहिरिएको छ । नागरिकता प्रकरणमा सभाप रवि लामिछानेको सांसद र मन्त्रीपद दुवै गुमेपछि गृहमन्त्रालयसहित पुनः सरकारमा जाने प्रयास असफल भएपछि सरकारबाट बाहिरिएको हो ।

यहिबीचमा एमाले नेतृत्वको सत्ता समीकरण बदलिएर कांग्रेस नेतृत्वको पुरानै ब्यूँतिएपछि अध्यक्ष ओलीले कांग्रेस र माओवादीबाहेकको समीकरण बनाउने प्रयास भएको माओवादी नेताहरूको आशंका छ । नयाँ समीकरण बनाउन ओलीले रास्वपाका अध्यक्ष रवि, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत नेताहरूसँग सम्पर्क बढाएको चर्चा चलेको छ ।

‘हामी अहिले सरकार फेर्ने वा पुनर्गठन गर्ने वा समीकरण भत्काउने पक्षमा छैनौं । त्यो सम्भावना पनि छैन’,

माओवादीको आशंकालाई बल पुग्ने गरी नयाँ समीकरण बन्न सक्ने रविको अभिव्यक्ति आएपछि प्रधानमन्त्री प्रचण्ड झस्किएका हुन् । सरकारमा रहेका सीके राउतको दल जनमत पार्टीपनि मन्त्रालय भागबण्डामा असन्तुष्टी जनाउँदै सरकारबाट बाहिरिएको छ । मन्त्रालय भागबण्डालाई लिएर जसपाभित्र पनि उपेन्द्र र संघीय परिषद्का अध्यक्ष अशोक राईबीच अन्तर्विरोध देखिएको छ । राईले पहिलेदेखि नै एमालेसँग सहकार्य गर्न यादवलाई दबाब दिइरहेका छन् । यादव माओवादी, नेकपा एससहित नयाँ समाजवादी मोर्चा बनाउने पक्षामा छन् । तत्काल सरकार फेरबदलको सम्भावना नरहेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जिकिर गरेका छन् ।

‘हामी अहिले सरकार फेर्ने वा पुनर्गठन गर्ने वा समीकरण भत्काउने पक्षमा छैनौं । त्यो सम्भावना पनि छैन’, उनले भने ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाहेक नयाँ समीकरण बनाउन जसपा निर्णायक देखिएको छ । जसपालाई महत्वपूर्ण मन्त्रालय दिएर एमालेले आफ्नो समीकरणमा ल्याउने प्रयास हुनसक्ने माओवादी नेताहरूको अनुमान छ । निर्वाचनअघि एमालेसँग तालमेल गरी निर्वाचनमा भाग लिएको जसपाले मन्त्रालयमा भागबण्डा नमिलेपछि पुरानै समीकरणमा फर्किको थियो । यस्तो अवस्थामा जसपालाई मनाउन सकिए गठबन्धनका जपा, नाउपा र लोसपालाई आफ्नो पक्षमा ल्याउन सकिने बुझाइ एमालेको छ ।

यस्तो छ सम्भावित समीकरणकाे अंकगणित

२१ सिटसहित संसदमा उपस्थित भएको रास्वपाले राजनीतिक विश्लेषक खनालले दाबी गरेजस्तै कित आफूले भनेजस्तो मन्त्रालयका लागि सरकारसँग दाबी गर्न सक्छ कित राजनीति लाभका लागि प्रतिपक्षमा बस्ने सम्भावन बलियो छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा एमालेले रास्वपासँग सहकार्यको प्रस्ताव राख्न सक्छ । रास्वपाले एमालेसँग सहकार्य गरेको खण्डमा प्रतिपक्षमा एमाले झनै बलियो हुनेछ ।

यसअघि एमालेले आफ्नै विद्रोही शक्ति नेकपा एससँग पार्टी एकताको प्रस्ताव राखेको थियो । तर ओलीको प्रस्तावप्रति माधव नेपालले अस्वीकार गरेका थिए । एमाले–माओवादी समीकरण बदल्न नेपालले भूमिका खेलेको भन्दै पछिल्लो समय एमालेले संवाद बन्द गरेका छन् ।

कांग्रेस, माओवादीबाहेकाको सत्ता समीकरण बन्नका लागि एमाले, रास्वपा, राप्रपासहित जसपा, जपा, नाउपा र स्वतन्त्र सांसदको समर्थन आवश्यक छ । अहिले एमालेको ७९, रास्वपाको २१, राप्रपाको १४ सांसद छन् । त्यस्तै जसपाको १३, जपाको ६, लोसपाको ४, नाउपाको ४ र स्वतन्त्र एक सांसद गरी जम्मा १४३ जना रहेका छन् । सरकार बनाउन बहुमत सांसद १३८ आवश्यक पर्छ ।

सत्ता गठबन्धनमा अहिले कांग्रेसको ८७, माओवादी केन्द्रको ३२, रास्वपाको २१, जसपाको १३, नकेपा एसकको १०, जपाको ६, लोसपाको ४, नाउपाको ४ र स्वतन्त्र एक गरी १७८ सांसद छन् । रास्वपाले फिर्ता लिएमा गठबन्धनसँग १५७ सांसद रहनेछन् । वर्तमान सरकार ढल्नका लागि जसपा र जपा निर्णायक देखिन्छ ।