पाँच महिनापछि बल्ल बन्यो संसदीय विषयगत समिति, को कुनमा परे ?
काठमाडौं । प्रतिनिधिसभाले पाँच महिनापछि बल्ल विषयगत समितिको टुंगो लगाएको छ ।
सभामुख देवेन्द्रराज घिमिरेले आज संसदीय विषयगत समितिमा रहने सदस्यहरूको नाम संसदमा प्रस्तुत गरेका हुन् ।
दशवटा विषयगत समितिमा राखिएको सांसदहरूको नामलाई आज संसदले सर्वसम्मतले अनुमोदन गरेको छ । यस अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा माव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति रहेको छ ।
यी समितिहरूले अब संसदको पहिलो बैठक बसेको १५ दिनभित्र समिति सभापति चयन गर्नेछन् । सभापति चयन नभएसम्मका लागि जेष्ठ सदस्यले समितिको नेतृत्व गर्ने चलन छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया