NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कर्णालीमा मुख्यमन्त्रीले लिए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएका छन् । यो चार महिनाको अवधीमा उनले तेस्रोपटक विश्वासको मत लिएका हुन् ।

आज दिउँसो बरेको प्रदेशसभाको बैठकमा शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका छन् । जसमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद देवराज शाहीले शर्माको पक्षमा मत दिएका थिए।

उनको विपक्षमा नेकपा एमालेका ९ सांसदसहित राप्रपाका एकजना सांसदले मत हाले ।