नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य

काठमाडौं । एसिसी प्रिमियर लिगअन्तर्गत भएको सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ सम्हालेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायो ।
यसक्रममा पटक–पटक वर्षा भएपछि खेल ४२ ओभरमा छोट्याइएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान दिए । उनले ९५ बलमा सात चौका र तीन छक्काको सहयोगमा ९४ रन बनाएका हुन् ।
कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३१ रन बनाए । आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे ।
कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन/तीन विकेट लिए भने सयद मोनिव र यासिन पटेलले समान एक/एक विकेट लिए ।
पचास ओभरको खेल वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा घटाइएको थियो ।
प्रतिक्रिया