नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य
काठमाडौं । एसिसी प्रिमियर लिगअन्तर्गत भएको सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ सम्हालेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायो ।
यसक्रममा पटक–पटक वर्षा भएपछि खेल ४२ ओभरमा छोट्याइएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान दिए । उनले ९५ बलमा सात चौका र तीन छक्काको सहयोगमा ९४ रन बनाएका हुन् ।
कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३१ रन बनाए । आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे ।
कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन/तीन विकेट लिए भने सयद मोनिव र यासिन पटेलले समान एक/एक विकेट लिए ।
पचास ओभरको खेल वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा घटाइएको थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया