प्रधानमन्त्रीलाई भेट्न बालुवाटार किन गए रवि ?

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताएका रास्वपाका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलाई भेट्न बालुवाटार गएका छन् ।
वैशाख १० मा भएको उपनिवार्चनमा दोस्रोपटक भारी मतले विजयी भएका रवि आइतबार प्रधानमन्त्रीलाई भेट्न गएका हुन् । जारी भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले भारी मात्रामा विजयी भएकोमा रविलाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्तामा पछिल्लो राजनीति अवस्था, सरकारमा सहभागीता, न्यूनतम साझा कार्यक्रम लगायत विषय छलफल भइरहेको बुझिएको छ । एमाले–माओवादी समीकरण भत्किदासमेत समर्थन जारी राखेका रविले उपनिर्वाचनमा भारी मतले जितेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने संकेत गरेका थिए ।
रास्वपाले गृहसहित शक्तिशाली मन्त्रालय पाए सरकारमा जानसक्ने तर त्यो सम्भावना निकै कम रहेको रास्वपाका शीर्ष नेताले बताएका छन् । नागरिकता प्रकरणमा उपप्रधनमन्त्री एवं गृहमन्त्रीबाट पदमुक्त भएका रवि सोही मन्त्रालयको जिम्मेवारी लिन इच्छा देखाएका छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया