निगमको नियमित उडानबाटै राष्ट्रपति पौडेल आज स्वदेश फर्किने
काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार उनी आज राति ८ः३० बजे नेपाल वायुसेवा निगमको जहाजमार्फत स्वदेश फर्किने कार्यक्रम छ ।
श्री एयरलाइन्सको जहाजमार्फत भारत पुगेका उनी निगमको नियमित उडानबाटै फर्किन लागेका हुन् ।
छातीमा पानी जम्ने समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनी गत वैशाख ६ मा उप उपचारका लागि भारत गएका थिए ।
दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स) मा उनको उपचार भएको हो । स्वास्थ्यमा सुधार आएसँगै उनलाई अस्पतालले आज डिसचार्ज गर्ने भएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया