NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सत्ता छाड्न रास्वपामा अलमल, केन्द्रीय समिति बैठक विनानिष्कर्ष टुंगियो

काठमाडौं । तत्काल सत्ता छाड्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा अलमल देखिएको छ । वैशाख १० मा भएको उपनिर्वाचनमा चितवन–२ बाट भारी मतसहित निर्वाचित भएका रास्वपाका सभापति रवि लामिछानेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने संकेत गरेका थिए ।

सत्ता छाड्नेबार निर्णय लिन सोमबार सभापति रविले केन्द्रीय समितिको बैठक बोलाएका थिए । तर अहिलेको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषयमा निर्णय लिन सकेन । बैठकबारे जानकारी दिँदै प्रवक्ता डा.मुकुल ढककाले सरकारबारे आगामी शुक्रबार निर्णय लिने जानकारी दिए ।

‘पार्टी सरकारमा जाने वा नजानेबारे आगामी शुक्रबार केन्द्रीय समिति र संसदीय दल बैठक गरेर निर्णय लिन्छौं,’ उनले भने । पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ–आफ्ना धारणा राखेका थिए।

बैठकमा अधिकांश सदस्यहरूले साविककै मन्त्रालय पाउने स्थिति बनेमा र सरकारका न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री प्रचण्ड तयार भएमा सरकारमा जान सकिने धारणा राखेका थिए । बैठक बस्नुअघि आइतबार रास्वपाका सभापति रविले प्रधानमन्त्रीसँग भेट गरेका थिए ।