नीति बहसः विपद् परिसकेपछिमात्रै सांसदले सदनमा बोल्ने ?

काठमाडौं । विपद् व्यवस्थापनमा हाम्रो पूर्व तयारीलाई लिएर सधैं प्रश्न उठ्दै आइरहेको छ ।
जब घटना घटिसक्छ तबमात्रै सदनमा सांसदहरू समय माग गरी गरी आफ्ना आवाज राख्न थाल्छन् ।
तर विपद्का घटना घट्नुअघि नै त्यसको पूर्वतयारीमका विषयमा सदनमा आवाज किन उठ्दैन ? विपद् व्यवस्थापनको पूर्वतयारीमा हुने ढिलासुस्ती, अधिकार नदिने समस्या, स्रोत साधन नछुट्याउने विषयलाई सांसदले सदनमा कसरी उठाउने ? यसका नीतिगत कमजोरीलाई कसरी सम्बोधन गर्ने ? लगायतका विषयमा नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको यसपटकको श्रृंखलामा चर्चा गरिएको छ ।
बहसमा कार्यक्रम प्रस्तोता तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेलले पूर्वमन्त्री तथा विपद् विज्ञ डा गंगालाल तुलाधार र राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग संवाद गरेका छन् ।
विपद् व्यवस्थापमा हाम्रो अवस्था, बुझाइ र गर्नुपर्ने सुधारबारे गरिएको छलफलको पूरा अंश तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया