NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

रास्वपा संसदीय दलको नेतामा रवि चयन

काठमाडाैं । राष्ट्र स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने पुन: चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले रविलाई सर्वसम्मत नेता चयन गरेको हो।

यसअघि नागिरकता प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि गत माघ १३ गते लामिछाने पदमुक्त भएका थिए ।

वैशाख १० को उपनिर्वाचनमा भारी मतले विजय भएपछि रास्वपाको संसदीय दलको बैठकले उनलाई पुन: नेता चयन गरेको हो ।