गर्मीमा यसरी हटाउनुहोस् कपालको चिपचिपाहट

एजेन्सी । गर्मीमा अत्यधिक पसिना आउने हुँदा यसले कपालमा पनि चिपचिपाहट बढाउँछ । जसले कपाल चिल्लो हुनका साथै टासिने गर्छ । पसिनाकै कारण कपालमा धुँलो तथा फोहर सहजै टासिन्छ र कपाल नराम्रो देखिनुसँगै चिलाउने समस्यासमेत देखापर्छ ।
त्यसैल गर्मीमा कपालको हेरचाहका लागि उचित तरिका अपनाउनु आवश्यक छ । जसले कपालमा यस्ता समस्या आउन दिँदैन् । कपालको चिपचिपापनलाई हटाउन गर्मीमा कम्तीमा पनि हप्ताको २ पटक कपाल धुन जरुरुी छ । पसिनाले कपालमा तैलिय पदार्थ जम्मा हुन्छ ।
कपालमा जम्मा भएको पसिना धेरै समयसम्म राख्दा त्यसले कपालमा थप समस्या निम्याउँछ । कपाल धुँदा यस्ता तैलियपन हटेर कपाल ताजा देखिन्छ । तर कपाल धुँदा चिपचिपाहटको समस्या कम हुन्छ भन्दैमा दिनहुँ कपाल धुनु भने हुँदैन । दिनहुँ कपाल धुँदा यसले कपाललाई सुख्खा बनाइदिन्छ ।
त्यस्तै, कपाललाई ताजा राख्न कपालमा गुलाब जलको प्रयोग पनि गर्न सकिन्छ । गुलाबजलले टाउकोमा रहेका ब्याक्टेरियालाई हटाइ कपालमा पसिनाले दुर्गन्ध निकाल्छ । गुलाब जललाई नुहाउन अघि नुहाउन लागेको पानीमा हालेर प्रयोग गर्न सकिन्छ । कपाल टाँसिने समस्याबाट छुटकारा पाउन कागतीको रस पनि उपयुक्त विधि हो । कागतीको रसमा क्लिन्जिङ गुण हुन्छ, जसले कपालको अतिरिक्त तेल र फोहोर हटाउँछ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया