अमेरिकामा फेरि टाट पल्टियो अर्को बैंक
काठमाडौं । अमेरिकामा फेरि अर्को बैंक पनि टाट पल्टिएको छ । सिलिकन भ्याली र सिग्नेचर बैंक धराशयी भएको दुई महिना नबित्दै त्यहाँको अर्को बैंक फस्ट रिपब्लिक बैंक टाट पल्टिएको हो।
अमेरिकाको बैंकहरूको नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले उक्त बैंक टाट पल्टिएको घोषणा गरेको छ ।
यो अमेरिकाको चौधौँ ठूलो बैंक हो । यसको कुल सम्पत्ति दुई सय ३३ अर्ब अमेरिकी डलर छ ।
यो बैंक केही समयदेखि लगातार संकटमा पर्दै गएको थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार, गत हप्ता मात्रै उक्त बैंकले पहिलो त्रैमासमा एक सय अर्ब डलर घाटा व्यहोर्नुपरेको थियो । परिणामतः यसको सेयरमा भारी गिरावट आयो । संकटमा परे पनि यो बैंक समाधानको ठोस उपाय अपनाउन भने चुक्यो ।
बैंक टाट पल्टिएपछि अमेरिकाको फेडेरल सरकारले एफडिआइसीसँग यसबारे छलफल थालेको छ । एफडिआइसीले बैंकका ग्राहकको डिपोजिटलाई ग्यारेन्टी दिने गर्छ ।
अमेरिकाका बैंकहरू पछिल्लो समय संकटमा पर्दै गइरहेका छन् । यसअघि दुई बैंक टाट पल्टिएपछि त्यसको प्रभाव अमेरिकाभित्र मात्र नभएर विश्वव्यापी परिरहेको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया