नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई
काठमाडाैं । सभामुख देवराज घिमिरेले नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएकामा बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।
सभामुख घिमिरले आज शुभकामना दिँदै खेलको अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएकोप्रति खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग गर्नु विश्वास व्यक्त गरेका छन् ।
‘नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ सभामुख घिमिरेले जारी गरेको शुभकामनामा भनिएको छ, ‘अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएको छ भने नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग हुने विश्वास लिएको छु, खेलाडीलाई राज्यका तर्फबाट थप सम्मान र सहयोग आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराउँदछु ।’
उक्त कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेट (युएई) लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया