NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भारतमा उपचारमा लागेको खर्च आफै ब्यहोर्ने राष्ट्रपति पौडेलको घोषणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा आफ्नो उपचार गर्दा लागेको खर्च आफैं ब्यहोर्न जानकारी दिएका छन् ।

मंगलबार दिउँसो राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले वक्तव्य निकालेर राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिएका हुन्।

पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गत वैशाख ६ गते उपचारका लागि नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनी वैशाख १७ गते स्वदेश फर्किएका थिए ।

सामान्य उपचारका लागि विदेश गएको भन्दै उनीमाथि विभिन्न टिकाटिप्पणी भइरहेको बेला आफूलाई लागेको खर्च आफैले ब्यहोर्ने बताएका हुन् ।