भारतमा उपचारमा लागेको खर्च आफै ब्यहोर्ने राष्ट्रपति पौडेलको घोषणा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा आफ्नो उपचार गर्दा लागेको खर्च आफैं ब्यहोर्न जानकारी दिएका छन् ।
मंगलबार दिउँसो राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले वक्तव्य निकालेर राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिएका हुन्।
पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गत वैशाख ६ गते उपचारका लागि नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनी वैशाख १७ गते स्वदेश फर्किएका थिए ।
सामान्य उपचारका लागि विदेश गएको भन्दै उनीमाथि विभिन्न टिकाटिप्पणी भइरहेको बेला आफूलाई लागेको खर्च आफैले ब्यहोर्ने बताएका हुन् ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया