लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले राखेको प्रस्तावको पक्षमा ५३ जना सदस्यले मत दिए । २९ जनाले विपक्षमा मतदान गरे ।
चौधरीलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसमेत ८ दलले समर्थन गरेका छन् ।
वैशाख ११ मा एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्ता गठबन्धनको समर्थनमा कांग्रेस संसदीय दलका नेता चौधरी १४ गते नियुक्त भएका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया