लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले राखेको प्रस्तावको पक्षमा ५३ जना सदस्यले मत दिए । २९ जनाले विपक्षमा मतदान गरे ।
चौधरीलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसमेत ८ दलले समर्थन गरेका छन् ।
वैशाख ११ मा एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्ता गठबन्धनको समर्थनमा कांग्रेस संसदीय दलका नेता चौधरी १४ गते नियुक्त भएका थिए ।
ताजा अपडेट
-
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि
-
आरसीबीको विजय जुलुसमा भागदौड : ११ जनाको मृत्यु, शोकमा बदलियो उत्सव
-
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
प्रतिक्रिया