पिएसजीबाट मेस्सी निलम्बित, जरिवानासमेत गरियो
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लियोनल मेस्सीलाई निलम्बन गरेको छ । क्लबको अनुमति बिना साउदी अरबको भ्रमण गरेको अभियोगमा पिएसजीले मेस्सीलाई निलम्बन गरेको हो ।
बिबिसीले साउदी भ्रमणका कारण मेस्सी निलम्बनमा परेको उल्लेख गर्दै जरिवानासमेत गरिएको लेखेको छ ।
मेस्सी साउदी अरेबियाको पर्यटन राजदूत हुन् । यही भूमिका निर्वाह गर्न उनले क्लबसँग यात्रा अनुमति मागेकोमा अस्वीकृत भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, मेस्सीमाथिको यो निलम्बन दुई साता मात्र रहनेछ । यो अवधिमा उनले पिएसजीबाट खेल्न त पाउने छैनन् नै प्रशिक्षमा पनि सहभागी हुन सक्नेछैनन् ।
३५ वर्षीय फरवार्ड मेस्सीले दुई वर्षअघि पिएसजीसँग सम्झौता गरेका थिए । जसको म्याद यसै समरमा सकिँदैछ ।
पिएसजीका लागि उनले हालसम्म ३१ खेल खेले । जसमा उनले ३१ गोल र ३४ असिस्ट गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया