NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

निर्माण क्षेत्रको वृद्धिदर २.६२ प्रतिशतले ऋणात्मक हुने

काठमाडाैं । केन्द्रीय तथ्यांक कार्यालायले चालु आर्थिक वर्षमा उद्योगको माग बढाउने र  पुँजी क्षेत्रमा योगदान दिने महत्वपूर्ण निर्माण क्षेत्रको वृद्धिदर नै ऋणात्मक हुने अनुमान गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ५.५२ प्रतिशत योगदान दिएको निर्माण क्षेत्रमा कुल मूल्य अभिवृद्धि वृद्धिदर २.६२ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान रहेको छ ।

चालु आवमा सार्वजनिक तथा निजी निर्माण कार्यमा आएको शिथिलता र निर्माण सामग्रीको आयात तथा आन्तरिक उत्पादनमा आएको कमीले यस क्षेत्रको  मूल्य अभिवृद्धिको वृद्धिदर ऋणात्मक हुने अनुमान तथ्यांक कार्यालायले गरेको हो ।

त्यस्तै केन्द्रीय तथ्यांक कार्यालायका अनुसार चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा ५.३२ प्रतिशत योगदान दिने उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर गत आर्थिक वर्षको तुलनामा २.०४ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान गरिएको छ ।

वनस्पति, तोरी, सोयाबीन तथा सूर्यमुखी तेलको उत्पादनका साथै फलाम तथा स्टिल जन्य उत्पादनमा आएको कमीको कारणले वृद्धिदर ऋणात्मक हुने प्रारम्भिक अनुमान गरेको हो ।

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने

ताजा अपडेट

नेपालवाच विशेष