NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

७ सचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले सात सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यी सचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

अर्थ सचिवमा अर्जुन पोखरेललाई ल्याइएको छ । बजेट निर्माण कार्य चलिरहेका बेला पोखरेलको सरुवा अर्थमा भएको हो । अर्थका सचिव तोयम रायलाई भने उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएपछि राय अर्थमा  ल्याइएका थिए ।

सञ्चार मन्त्रालयबाट पजनीमा परेका बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जिम्मेवारी दिइएको छ । यसअघि उनको सरुवा सोही कार्यालयमा गरिएको भए पनि काम नदिई राखिएको थियो ।

अर्का सचिव यादव कोइरालाको पनि सरुवा भएको छ । राष्ट्रपति कार्यालयमा रहेका उनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको हो ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्नको आरोपमा बुधबार पक्राउ परेका टेकनारायण पाण्डेलाई उपराष्ट्रपति कार्यालयबाट सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा राखिएको छ ।

सुमन अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । उनी यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए । महिला, बालबालिका मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई भने राष्ट्रपतिको कार्यालयको जिम्मेवारी दिइएको छ ।