नक्कली शरणार्थी प्रकरण : तानिन सक्छन् अन्य ‘हाई प्रोफाइल’ पनि
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा अन्य उच्चपदस्थ व्यक्तिहरू पनि तानिने सम्भावना रहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
यो प्रकरणमा ठगीमा सघाउने मात्र नभएर पछि संरक्षण दिने कामसमेत भएको स्रोत बताउँछ ।
‘अनुसन्धान जारी छ, थप व्यक्तिहरूको संलग्नता रहेको संकेत मिलेको छ । पुष्टि हुँदा उनीहरू पनि पक्राउ पर्छन्,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले भने, ‘प्रमाण भेटिएमा जो–कोही पनि अनुसन्धानको दायरामा आउँछन्, कानुनले कसैलाई छाड्दैन ।’
स्रोतका अनुसार, प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालेलगत्तै एक पूर्वमन्त्रीले बयानका क्रममा अन्य व्यक्तिको नाम नलिने वातावरण बनाउन सहयोगी खटाएका थिए ।
ठगीमा संलग्नहरूलाई जोगाउन भनेरसमेत गत वर्ष विभिन्न व्यक्तिहरूले पैसा उठाएको पक्राउ परेकाको भनाइ छ । तर आफू मात्र फस्ने देखेपछि उनीहरूले पैसा उठाउनेहरूको नाम पनि प्रमाणसहित धमाधम खुलाउन थालेका छन् ।
केही पीडितहरूले नै अन्य उच्चपदस्थ व्यक्तिविरुद्ध पनि किटानी जाहेरी दिएका छन् ।
गत ११ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले तीनजना बिचौलिया केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । पछि सन्देश शर्मा र सागर राई पनि पक्राउ परे । उनीहरूकै बयानका आधारमा सचिवदेखि पूर्वमन्त्रीसम्मको संलग्नता खुल्यो । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया