नवनियुक्त मन्त्रीहरूको सपथ आज
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ बिहीबार लिने भएका छन् ।
राष्ट्रपति कार्यालयले बिहीबार दिउँसो ३ बजेका लागि नवनियुक्त मन्त्रीहरूको सपथ तय भएको जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार आठौं पटक आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसको तर्फबाट तीन जना मन्त्री नियुक्त गरेका हुन् । जसमा धनराज गुरुङ कानून, मोहनबहादुर बस्नेत स्वास्थ्य जनसंख्या तथा वातावरण र डिगबहादुर लिम्बू युवा तथा खेलकुद मन्त्री छन् । यी तीन मन्त्रालयमध्ये दुई यसअघि प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए भने कानून मन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका थिए ।
आठौं पटक मन्त्रिपरिषद् विस्तार भए पनि दुई मन्त्रालय खानेपानी र वन तथा वातावरण अझै प्रधानमन्त्रीसँग छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया