फोर्ब्सले सार्वजनिक गर्यो सर्वाधिक आम्दानी गर्ने खेलाडीको सूची, मेस्सी दोस्रोमा
काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्नोले नयाँ कीर्तिमान बनाएका छन् । कतारमा आयोजना गरिएको विश्वकप फुटबल २०२३ पछि साउदी अरबको अल नासर क्लबमा अनुबन्धित रोनाल्डोले सर्वाधिक आम्दानी गर्ने खेलाडीको रेकर्ड बनाएका हुन् ।
फोर्ब्स म्यागजिनले सर्वाधिक आम्दानी गर्ने खेलाडीको सूची सार्वजनिक गर्दै रोनाल्डोको नाम शीर्ष स्थानमा राखेको छ ।
फोर्ब्सका अनुसार, उनको आम्दानी १३६ मिलियन अमेरिकी डलर छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनल मेस्सी पनि सर्वाधिक कमाउने खेलाडीमा पर्छन् । तर उनलाई रोनाल्डोले पछि पारेका छन् । दोस्रो स्थानमा रहेका मेस्सीको आम्दानी १२० मिलियन अमेरिकी डलर छ ।
त्यसैगरी, केलियन एमबाप्पे तेस्रो, बास्केटबल स्टार लेबरोन जेम्स पाँचौं स्थानमा छन् । फोर्ब्सका अनुसार, उनीहरूको आम्दानी क्रमशः १२० मिलियन अमेरिकी डलर र ११९.५ मिलियन अमेरिकी डलर छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया