फोर्ब्सले सार्वजनिक गर्यो सर्वाधिक आम्दानी गर्ने खेलाडीको सूची, मेस्सी दोस्रोमा
काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्नोले नयाँ कीर्तिमान बनाएका छन् । कतारमा आयोजना गरिएको विश्वकप फुटबल २०२३ पछि साउदी अरबको अल नासर क्लबमा अनुबन्धित रोनाल्डोले सर्वाधिक आम्दानी गर्ने खेलाडीको रेकर्ड बनाएका हुन् ।
फोर्ब्स म्यागजिनले सर्वाधिक आम्दानी गर्ने खेलाडीको सूची सार्वजनिक गर्दै रोनाल्डोको नाम शीर्ष स्थानमा राखेको छ ।
फोर्ब्सका अनुसार, उनको आम्दानी १३६ मिलियन अमेरिकी डलर छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनल मेस्सी पनि सर्वाधिक कमाउने खेलाडीमा पर्छन् । तर उनलाई रोनाल्डोले पछि पारेका छन् । दोस्रो स्थानमा रहेका मेस्सीको आम्दानी १२० मिलियन अमेरिकी डलर छ ।
त्यसैगरी, केलियन एमबाप्पे तेस्रो, बास्केटबल स्टार लेबरोन जेम्स पाँचौं स्थानमा छन् । फोर्ब्सका अनुसार, उनीहरूको आम्दानी क्रमशः १२० मिलियन अमेरिकी डलर र ११९.५ मिलियन अमेरिकी डलर छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया