संघीय संसदमा दुई सचिव नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभामा नयाँ सचिव नियुक्त गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा सचिवमा पदमप्रसाद पाण्डे र राष्ट्रिय सभाका सचिवमा सुरेन्द्र अर्याललाई नियुक्त गरेका हुन् । पाण्डेलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र अर्याललाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सचिवमा सिफारिस गरेका थिए ।
प्रतिनिधि सभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालको पाँच वर्षे कार्यकाल संसद सचिवालयमा नयाँ सचिव नियुक्त भएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया