NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

संघीय संसदमा दुई सचिव नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभामा नयाँ सचिव नियुक्त गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा सचिवमा पदमप्रसाद पाण्डे र राष्ट्रिय सभाका सचिवमा सुरेन्द्र अर्याललाई नियुक्त गरेका हुन् । पाण्डेलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र अर्याललाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सचिवमा सिफारिस गरेका थिए ।

प्रतिनिधि सभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालको पाँच वर्षे कार्यकाल संसद सचिवालयमा नयाँ सचिव नियुक्त भएका हुन् ।