तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न पहल भइरहेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राचिन कपिवस्तुको राजधानी तिलौराकोट विश्वसम्पदा सूचीमा सुचिकृत हुने क्रममा रहेको बताएका छन् ।
लुम्बिनीसँगै कपिलवस्तु, देवदह र रामग्राममा रहेका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण र त्यस क्षेत्रको दिगो विकास गर्दै बृहत्तर लुम्बिनी क्षेत्रको रुपमा अघि बढाउने उनले बताए ।
२५६७औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उनले बृहत्तर लुम्बिनी क्षेत्रको रूपमा लुम्बिनीलाई विकास गर्न आफूले विगतमा संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनसँग छलफल गरेको बताए ।
गौतम बुद्धको क्रिडास्थल र राजा सुद्धोदनको दरबारसमेत रहेको ठानिएको तिलौराकोट बुद्धको दरबार रहेको अध्ययन अनुसन्धानबाट प्रमाणित भएको राष्ट्रिय अन्तर्रष्ट्रि पुरातत्वबिदहरुको दाबी छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउन १३ वर्ष देखि उत्खनन र अनुसन्धान जारी छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया