नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खुट्टा कमाउनु हुँदैन : नेपाल

मोरङ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उनले यसमा सहभागी साना ठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री नेपालले भने, ‘सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामू कुनै पनि हालतमा झुक्नु हुदैन ।’
उनले बदमासी गर्ने जोसुकै भए पनि तिनिहरुलाई कानुनको दायरामा ल्याएको सजायको भागिदार बनाउनुपर्नेमा जोड दिए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया