मनसुनमा छालाको सुरक्षा यसरी गर्नुहोस्
एजेन्सी । छालामा निखार ल्याउन यसको सुरक्षा अपरिहार्य छ । अझ विशेषगरी मनसुनको समयमा यसमा विशेष ध्यान दिनुपर्छ । मनसुनमा पानी पर्नुका साथै गर्मी पनि बढ्छ । जसले पसिना पनि धेरै आउँछ । पसिनाकै कारण छालामा चिल्लोपना बढ्छ ।
छालामा चिल्लोपन बढ्दा चाया, पोतोलगायत छालासम्बन्धी समस्याले सताउँछ । मनसुनमा पानी पर्ने हुँदा यसले छाला सुख्खा हुने समस्यासमेत हुन्छ । त्यसैले मनसुनमा दिनको एक पटक काँचो दूधले अनुहार तथा हात खुट्टा सफा गर्न सकिन्छ । यसले छाला सफा गर्छ भने छालाको समस्या पनि हुन दिँदैन् । बाहिरको धुँवा धुँलोले अनुहार रुखो बनाएको हुन्छ ।
काँचो दूधमा प्राकृतिक रूपमा छाला सफा गर्ने गुण हुन्छ । त्यसबाहेक गुलाब जल पनि लगाउन सकिन्छ । यसले अनुहारमा चमक ल्याउँछ । छालामा चमक ल्याउनका लागि चन्दनको पनि प्रयोग गर्न सकिन्छ । चन्दन छालाको लागि निकै राम्रो मानिन्छ । यसले छाला ताजा राख्छ । छालाको सुरक्षा गर्न हामीले खाने खानपानको पनि प्रमुख भूमिका हुन्छ ।
सन्तुलित आहार छालाको लागि निकै महत्त्वपूर्ण हो । त्यसैले मनसुनमा सिजन अनुसारका फलफूल, ताजा हरियो साग सब्जी, नट्सको सेवनसँगै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । यसले बाहिरबाट नभई भित्रैबाट छालामा प्राकृतिक सुन्दरता दिन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया