सबैभन्दा नविन विचार भएको पार्टी एमाले मात्र हो : ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सबैभन्दा नयाँ पार्टी एमाले भएको दाबी गरेका छन् ।
रास्वपाप्रति लक्षित गर्दै ओलीले उक्त पार्टीको कुनै विचार, नीति, सिद्धान्त र कार्यक्रम नभएको टिप्पणी गरे । सोमबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेको विचार नै सबैभन्दा नवीन पनि भएको दाबी गरेका हुन् ।
‘बुढो विचार बोकेको पार्टी कसरी नयाँ हुन्छ ? त्यो नयाँ बोत्तल होला तर रक्सी उही हो । त्योसँग नयाँ विचार छैन, समाज परिवर्तनको कुनै एजेन्डा छैन । कहाँ पुग्ने स्पष्ट भिजन पनि छैन’, ओलीले टिप्पणी गरे ।
छोटा आयु भएकाहरू हलक्क बढ्ने भन्दै उनले कार्ल्स मार्क्सले प्रतिपादन गरेको मार्क्सवाद नै अहिले पनि संसारको सबैभन्दा नयाँ सिद्धान्त भएको जिकिर गरे ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया