सबैभन्दा नविन विचार भएको पार्टी एमाले मात्र हो : ओली
रास्वपासँग नयाँ विचार छैन, समाज परिवर्तनको कुनै एजेन्डा छैन

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सबैभन्दा नयाँ पार्टी एमाले भएको दाबी गरेका छन् ।
रास्वपाप्रति लक्षित गर्दै ओलीले उक्त पार्टीको कुनै विचार, नीति, सिद्धान्त र कार्यक्रम नभएको टिप्पणी गरे । सोमबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेको विचार नै सबैभन्दा नवीन पनि भएको दाबी गरेका हुन् ।
‘बुढो विचार बोकेको पार्टी कसरी नयाँ हुन्छ ? त्यो नयाँ बोत्तल होला तर रक्सी उही हो । त्योसँग नयाँ विचार छैन, समाज परिवर्तनको कुनै एजेन्डा छैन । कहाँ पुग्ने स्पष्ट भिजन पनि छैन’, ओलीले टिप्पणी गरे ।
छोटा आयु भएकाहरू हलक्क बढ्ने भन्दै उनले कार्ल्स मार्क्सले प्रतिपादन गरेको मार्क्सवाद नै अहिले पनि संसारको सबैभन्दा नयाँ सिद्धान्त भएको जिकिर गरे ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया