NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

प्रधानमन्त्री भेट्न बालुवाटार किन पुगे ओली र देउवा ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाइ प्रोफइल’समेत तानिन थालेपछि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको छलफल भएको छ ।

मंगलबार जारी छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।

समसामायिक राजनीति, बजेट अधिवेशन, शरणार्थी प्रकरण लगायत विषयमा बैठक केन्द्रीत रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी धन्दामा कांग्रेस एमालेका प्रभावशाली नेता र तिनका परिवारसमेत मुछिएपछि यो मुद्दा पेचिलो बन्दै गएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष