कम्बोडियामा हुने आम चुनावमा प्रतिस्पर्धा गर्न २० राजनीतिक दल दर्ता
एजेन्सी । कम्बोडियाको आगामी आमनिर्वाचनमा भाग लिन करिब २० वटा राजनीतिक दल दर्ता भएका छन् । पार्टी दर्ताको १५ दिने अवधि सोमबार सकिएको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले जनाएको छ ।
समितिको विज्ञप्तिमा भनिएको छ ‘सातौं राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न २० वटा राजनीतिक दल दर्ता भएका छन् र तीमध्ये ११ वटालाई आधिकारिक मान्यता दिइएको छ ।’
आयोगले दर्ता भएका अन्य नौ राजनीतिक दललाई मान्यता दिने वा नदिने भन्ने निर्णय एक साताभित्र गर्नेछ । दक्षिणपूर्वी एसियाली राष्ट्रमा आगामी २३ जुलाईमा १२५ सिटको राष्ट्रिय सभाको लागि आम चुनाव गर्ने कार्यक्रम छ रहेको र ९.७ मिलियन भन्दा बढी कम्बोडियालीहरूले आफ्नो मतदान गर्नेछन्।
पाँच वर्षअघि भएको निर्वाचनमा २० राजनीतिक दलले दौडमा भाग लिएका थिए तर सत्तारूढ कम्बोडियन पिपुल्स पार्टीले संसद्मा सबै १२५ सीट नै जितेको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया