शरणार्थी प्रकरणमा ठूलालाई जोगाउन खोजिए राप्रपा चुप लागेर बस्दैन : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण राज्यविरूद्धको संगठित अपराध भएकाले दोषीमाथि हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उच्च तहका दोषीलाई छुटाउने गरी राजनीतिक चलखेल हुनसक्ने उनले आशंका व्यक्त गरे ।
‘शरणार्थी प्रकरण राज्यविरूद्धको गम्भीर संगठित अपराध हो । यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेतको संलग्नता देखिनुले लज्जित विषय हो’, सत्य तथा निष्पक्ष छानविनमाथि आशंका व्यक्त गर्दै उनले भने, ‘यो घटनामा ठूल्ठूला मानिससमेत संलग्नता खुलेको छ । ती सबैमाथि कडा कारवाही गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
ठूलामाथि छानविन फितलो बनाउने प्रयास भइरहेको, फाइल अख्तियारलाई बुझाउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै उनले मुख्य दोषीलाई जोगाउने प्रपञ्च रचिए राप्रपा चुप लागेर नबस्ने चेतावनी दिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया