NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

गाउँलाई समृद्ध बनाउने नीति तथा कार्यक्रम ल्याउँदैछौं : मुख्यमन्त्री जमकट्टेल

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पाँच वर्षको प्रदेश सरकारको उपलब्धि समीक्षा गरेर सबैको सुझावलाई समेटेर नीति तथा कार्यक्रमसँगै बजेटको समेत तयारी गरिरहेको जानकारी दिएका छन् । उनले सबै मन्त्रालयहरुलाई सिलिङ उपलब्ध गराउँदै नीति कार्यक्रमसँगै बजेटको तयारी पनि सुरु गरिसकेको बताए ।

आम नागरिकले महसुस गर्न पाउने नीति तथा कार्यक्रमको तयारी गरिरहेको जनाउँदै उनले भने, ‘हामी परिणाम देखिने र आम नागरिकलाई छुने गरी नीति कार्यक्रम ल्याउने तयारीमा छौँ’, उनले भने, ‘प्राप्त सुझावहरुका आधारमा हामी अघि बढ्नेछौँ ।’ नीति तथा कार्यक्रमको तयारीका लागि पनि सबै दलहरुसँग छलफल र सुझाव सङ्कलन गरिरहेको उनले जानकारी दिए ।

व्यक्तिभन्दा पनि समूह र गाउँ नै समृद्ध बनाउने अभियान प्रदेश सरकारले लिएको उनको भनाइ छ । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबारे प्रदेश सरकारले प्रदेशसभामा आबद्ध राजनीतिक दलहरुसँग सुझाव संकलन गरिसकेको र उनीहरुको सुझावलाई नीति तथा कार्यक्रममा समेटिने उनले जनाए ।

उनले नीति तथा कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र केन्द्रित विशेष कार्यक्रम तथा परिणाममुखी नीति कार्यक्रम ल्याउन सुझाव लिइएकोसमेत जनाए ।

ताजा अपडेट

नेपालवाच विशेष