२४ घण्टा नपुग्दै सिंहदरबारमा तीन शीर्ष नेताबीच भेटवार्ता
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री पक्राउपरेपछि शीर्ष तीन नेताहरूको बैठक प्रधानमन्त्रीको कार्यालय सुरू भएको छ ।
भेटवार्तामा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस प्रकरणमा राजनीति उच्च तहका नेता तथा प्रशासकसमेत तानिएपछि तीन नेताबीच भेटवार्ता भएको हो । बुधबार कांग्रेसका प्रभावशाली नेतासमेत रहेका बालकृष्ण खाँण पक्राउ परेपछि देशको राजनीति नै तरंगित भएको छ ।
खाँण पक्राउ परेपछि दबाबमा रहेको एमालेले पनि पूर्वमन्त्री एवं सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । तीन शीर्ष नेताबीच मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै डेढघण्टा भेटवार्ता भएको थियो । शीर्ष नेतालाई जोगाउने प्रयास भएको आरोप लागिरहेको बेला उच्च तहका नेताहरू पक्राउ पर्न थालेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया