NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

२४ घण्टा नपुग्दै सिंहदरबारमा तीन शीर्ष नेताबीच भेटवार्ता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री पक्राउपरेपछि शीर्ष तीन नेताहरूको बैठक प्रधानमन्त्रीको कार्यालय सुरू भएको छ ।

भेटवार्तामा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस प्रकरणमा राजनीति उच्च तहका नेता तथा प्रशासकसमेत तानिएपछि  तीन नेताबीच भेटवार्ता भएको हो । बुधबार कांग्रेसका प्रभावशाली नेतासमेत रहेका बालकृष्ण खाँण पक्राउ परेपछि देशको राजनीति नै तरंगित भएको छ ।

खाँण पक्राउ परेपछि दबाबमा रहेको एमालेले पनि पूर्वमन्त्री एवं सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । तीन शीर्ष नेताबीच मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै डेढघण्टा भेटवार्ता भएको थियो । शीर्ष नेतालाई जोगाउने प्रयास भएको आरोप लागिरहेको बेला उच्च तहका नेताहरू पक्राउ पर्न थालेका छन् ।