शरणार्थी प्रकरणमा मुछिएपछि साइबर ब्यूरोमा आरजुको पत्र – सत्यतथ्य सार्वजनिक गरियोस्

काठमाडौं । नेपाली कांग्रेसकी समानुपनतिक सांसद आरजु राणा देउवाले अडियोबारे सत्य तथ्य सार्वजनिक गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्र पठाएकी छिन् ।
आफ्नो सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीको विषयमा अडियो सार्वजनिक भएको भन्दै उनले आपत्ति जनाएकी हुन् ।
केही दिनअघि भुटानी शरणार्थी प्रकरणमा आरजु र बालकृष्ण खाँणकी पत्नी मञ्जुले साढे दुई करोड र ६ करोड रकम दिएको दाबी गरेको अडियो सार्वजनिक भएको थियो ।
सार्वजनिक भएको उक्त अडियोमाथि अत्याधुनिक प्रविधिको प्रयोग गरी सत्य तथ्य सार्वजनिक गर्न उनको माग छ । यो रेकर्ड कसले कहाँ, कसरी र कुन उद्देश्यले गरेको हुन् भन्ने कुरा छानविन गरेर दोषलीलाई कडा भन्दा कडा कारवाही गर्ने विषय उक्त निवेदनमा उल्लेख छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया