एमाले केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथोैं बैठक आज बस्दै छ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ ।
गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठक यही वैशाख ३० गतेसम्म चल्नेछ ।
प्रचार विभागका उपप्रमुख रिजालका अनुसार बैठकमा केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्वित) सदस्य, चार केन्द्रीय निकायका अध्यक्ष र नौ प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) सहभागी हुने बताइएको छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया