ग्लोबल आइएमई बैंकले माग्यो म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले उपत्यका बाहिरका शाखाका लागि दुई पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदहरुका लागि थोरै संख्यामा कर्मचारी माग गरेको हो ।
ती पदहरूका लागि जेठ ४ (मे१८) गतेसम्म बैंकको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार म्यानेजमेन्ट ट्रेनी पदमा आवेदन दिन ईन्छुक उम्मेदवारहरुले व्यवस्थापन, अर्थशास्त्र, फाइनान्स लगायतका विषयमध्ये कुनै एकमा कम्तीमा स्नाकोत्तर तह उत्तिर्ण गरको हुनुपर्ने छ । उमेरको हकमा २१ वर्षभन्दा माथि र ४० नकटेको हुनुपर्ने छ ।
त्यस्तै ट्रेनी असिस्टेन्ट पदमा आवेदन दिन ईन्छुक उम्मेदवारहरुले इन्टरमेडिएट वा सो सरहको पढाइ सम्बन्धित शैक्षिक संस्थाबाट गरेको हुनुपर्ने छ भने उमेरको हकमा १८ वर्ष उमेर पुगेका र ३५ वर्ष नकटेका हुनुपर्ने बैंकले जनाएको छ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता



प्रतिक्रिया