ग्लोबल आइएमई बैंकले माग्यो म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले उपत्यका बाहिरका शाखाका लागि दुई पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदहरुका लागि थोरै संख्यामा कर्मचारी माग गरेको हो ।
ती पदहरूका लागि जेठ ४ (मे१८) गतेसम्म बैंकको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार म्यानेजमेन्ट ट्रेनी पदमा आवेदन दिन ईन्छुक उम्मेदवारहरुले व्यवस्थापन, अर्थशास्त्र, फाइनान्स लगायतका विषयमध्ये कुनै एकमा कम्तीमा स्नाकोत्तर तह उत्तिर्ण गरको हुनुपर्ने छ । उमेरको हकमा २१ वर्षभन्दा माथि र ४० नकटेको हुनुपर्ने छ ।
त्यस्तै ट्रेनी असिस्टेन्ट पदमा आवेदन दिन ईन्छुक उम्मेदवारहरुले इन्टरमेडिएट वा सो सरहको पढाइ सम्बन्धित शैक्षिक संस्थाबाट गरेको हुनुपर्ने छ भने उमेरको हकमा १८ वर्ष उमेर पुगेका र ३५ वर्ष नकटेका हुनुपर्ने बैंकले जनाएको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए



प्रतिक्रिया