पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं । नाबालिका बलात्कार मुद्दामा एक वर्ष जेलजीवन बसाईपछि बाहिर निस्केका अभिनेता पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । अदालतमा बयानको क्रममा पीडित बालिकाले नै बयान फेरेपछि अभिनेता शाह जेलबाट छुटेका हुन् ।
जेलबाट छुटेपश्चातको उनको यो पहिलो म्युजिक भिडियो हो ।
यसभन्दा अघि निकै चर्चित भएको पुष्पन प्रधानको शब्द-संगीतमा ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीतको महिला भर्सनमा म्युजिक भिडियो रिलिज भएको हो । महिला भर्सनमा गायिका अन्नु चौधरीले स्वर दिएकी छिन् ।
यो म्युजिक भिडियोको निर्देशन अभिनेता शाहले नै गरेका छन् । त्यस्तै यो भिडियोमा मोडल सनिशा भट्टराईलाई पनि देख्न सकिन्छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया