NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

रघु दाहालको डकुड्रामा दशैं अगाबै छायांकनमा, ज्ञवालीले निर्देशन गर्दै

काठमाडौं । बेलायतका चर्चित नेपाली युवा व्यवसायी रघु दाहालले निर्माण गर्न लागेको डकुड्रामा आगामी दशैैं अगाबै छायांकनमा जाने भएको छ ।

सत्य घटनामा आधारित कथालाई फिल्ममार्फत पर्दामा उतार्नेगरी यतिबेला चलचित्रको स्क्रिप्ट लेखनको काम भइरहेको छ ।

यो डकुड्रामालाई संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गर्दैछन् । उनैले यसको स्क्रिप्ट लेखिरहेका छन् ।

यो ड्रामा लण्डन र नेपाल जोडिएको एउटा यथार्थ घटनामा निर्माण हुन लागेको हो । लण्डन र नेपालमा छायांकन गरिने यो प्रोजेक्टलाई विश्वव्यापी विशेष प्रिमियरपछि मात्रै डिजिटलमा सार्वजनिक गर्ने निर्देशक ज्ञवालीले जानकारी दिए ।

कम्तीमा ३० दिन छायांकन सेड्युअल राखिएको यो प्रोजेक्ट लण्डन, नेपालको काठमाडौं, हेटौडा, चितवन, पोखरा र गोरखामा छायांकन गरिने निर्माण टिमको तयारी छ ।

निर्माण टिमले डकुड्रामाको नाम र यसको कथाको मुख्य सार भने अहिल्यै सार्वजनिक गर्नेछैन । निर्देशक ज्ञवाली भन्छन्, ‘छायांकनमा जानु अघि एउटा थिम पोस्टर मात्रै सार्वजनिक गर्नेछौं । अब २ हप्ताभित्र यसको स्क्रिप्ट लेखनको काम सकिनेछ ।’

निर्माता दाहालले वास्तविक घटनालाई फिल्मी तरिकाले देखाउने यो प्रोजेक्ट लगभग १ घण्टाको हुने बताए । उनले भने, ‘यो सर्ट फिल्म होइन । ठूलो फिल्म पनि होइन । डकुड्रामा हो । यथार्थ घटना हो । तर, कतिपय कुरा काल्पनिक पनि हुनेछन् । यो एउटा हेर्नलायक फिल्म चैं पक्कै हुनेछ ।’ ठुलो फिल्ममा देखाइने जति कथा यो ड्रामामा देखाइने दाहालको भनाई छ ।

यथार्थ घटनामा आधारित यो प्रोजेक्टको स्क्रिप्टको काम सकिएपछि कलाकारहरू खोज्ने काम सुसरु हुनेछ निर्माता दाहालले बताए ।

२० वर्षदेखि लण्डनमा बस्दै आएका निर्माता दाहाल यहि डकुड्रामाको थिम पोस्टर सार्वजनिक गर्न केहि हप्तामा नेपाल आउँदैछन् । त्यसपछि लोकेशन खोज्न नेपालका विभिन्न ठाउँको भर्मण गर्ने निर्माण टिमको तयारी छ ।

यसअघि दर्जनबढि सर्ट फिल्म, म्युजिक भिडियो निर्देशन गरिसकेका यसका निर्देशक ज्ञवाली १३ बर्ष लामो पत्रकारिताको अनुभव छ । उनको पछिल्लो सर्ट फिल्म आराध्या एक महिनाअघि मात्रै सार्वजनिक भएको थियो ।

उनी नेपालका केही सेलिब्रिटीहरुको मिडिया म्यानेजरको रुपमा समेत आबद्ध छन् ।

ताजा अपडेट

नेपालवाच विशेष