डा. तोषिमा बच्चा हो, केही थाहा छैन : आरजु राणा

काठमाडौं । प्रतिनिधिसभाकी सांसद, नेपाली कांग्रेसकी नेत्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले सांसद तथा रास्वपाकी नेत्री डा. तोषिमा कार्कीलाई ‘बच्चा’को संज्ञा दिएकी छन् ।
केही दिनअघि प्रतिनिधिसभा बैठकमा आरजुले महिला राजनीतिमा अघि बढेको देखिनसहेर नक्कली भुटानी शरणार्थी प्रकरणमा बिना आधार आफूलाई मुछेर चरित्र हत्या गरिएको दाबी गरेकी थिइन् । आरजुको भनाइलाई क्रस गर्दै प्रतिनिधिसभाकै बैठकमा तोषिमाले भ्रष्टाचारीको कुनै लिंग नहुने जवाफ फर्काएकी थिइन् । उक्त सवाल जवाफबारे एक टेलिभिजन कार्यक्रमका प्रस्तोताले जिज्ञासा राखेपछि आरजुले सार्वभौम संसदकी सांसदबारे अमर्यादित टिप्पणी गरेकी हुन् ।
यसक्रममा उनले ‘ऊ’ भन्दै होच्याइनन् मात्र बच्चा भएकाले केही थाहा नभएको बताइन् ।
‘ऊ (तोसिमा) हामीले बनाएको कानूनबाट आएको हो । ऊ बच्चा हो । केही थाहा छैन,’ उनले भनिन् ।
फरक प्रसंगमा उनले कांग्रेसबाट हालै रास्वपामा प्रवेश गरी प्रतिनिधिसभा सदस्यमा विजयी डा. स्वर्णिम वाग्लेलाई आफ्ना श्रीमान् शेरबहादुर देउवाले प्रसिद्धि र अवसर दुवै दिएको जिकिर गरिन् ।
प्रतिक्रिया