NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

भारतमा भाजपालाई हराउँदै कसरी जित्यो कांग्रेसले ?

एजेन्सी । भारतको कर्नाटक राज्यमा सम्पन्न निर्वाचनको नतिजाले सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को लज्जास्पद हार भएको छ । यस निर्वाचन परिणामले भारतमा भाजपाको युग सकिन लागेको त्यहाँका राजनीतिक विश्लेषकहरूले अनुमान गर्न थालेका छन् ।

यसपटक उक्त राज्यमा कांग्रेसको सानदार पुनरार्गमन भएको छ । भाजपाका लागि दक्षिणको प्रवेशद्वार मानिने कर्नाटक नमिठो झड्कासँगै हातबाट फुत्किएको छ । यो निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तुफानी प्रचारले भाजपाको किल्ला बचाउन सकेन ।

२२४ सिटका लागि भएको विधानसभा निर्वाचनमा कांग्रेस आईले १३५ सिटसहित बहुमत प्राप्त गर्यो । बहुमतका लागि सरकार बनाउन त्यहाँ ११३ सिट आवश्क पर्छ । भाजपा ६६ सिटमा सिमित भयो।

कसरी जित्यो कांग्रेसले ?

भाजपाको किल्ला मानिने यस राज्यमा कांग्रेसको सानदार जितले मोदी युग सकिन लागेको अनुमान गर्न थालिएको छ । कांग्रेसले चुनाव जिल्न यो पटक भने भारतीयको समस्या राम्रैसँग पहिचान गरेको देखिन्छ। कर्नाटकले चुनावी परिणाम हात पार्न स्थानीय मुद्दाहरूमा विशेष ध्यान केन्द्रित गरेको थियो ।

कर्नाटकका मतदाताले दिएको निर्णयले कांग्रेसको आत्मविश्वास पुन बढेको छ । कर्णाटक राज्यमा कांग्रेसको पुनरार्गमनले राजस्थान, मध्य प्रदेश र छत्तीसगढको विधानसभा निर्वाचन र त्यसपछि २०२४ को लोकसभा चुनावमा भाजपालाई भारी पर्ने देखिन्छ । कर्नाटकको चुनावी नतिजाले यहाँका जनताले लगातार दोस्रो पटक कुनै पनि पार्टीलाई मौका नदिने देखाएको छ ।

भारतीय राजनीतिक विश्लेषका अनुसार सन् २०१४ को अमेरिकी चुनावमा क्लिन्टनले जर्ज बुसविरुद्ध खेले जस्तै यसपटक पनि कांग्रेसले आफ्नो कार्ड खेल्न सफल भएको छ । कांग्रेसले गरिबीका रेखामुनि (बिपीएल) रहेका परिवारलाई हरेक महिना २ सय युनिट निःशुल्क विद्युत उपलब्ध गराउने वाचा गरेको उल्लेख गरेको छ ।

योसँगै कांग्रेसे स्नातक र डिप्लोमा भएकालाई दुई वर्षको बेरोजागारी भत्ता दिने निर्णयसमेत गरेको छ । यसबाहेक कांग्रेसको घोषणापत्रमा बीपीएल परिवारका सदस्यलाई मासिक १० किलो चामल दिने वाचा गरेका थियो ।