२६.४ केजी हेरोइन बरामद
म्यान्मार । म्यान्मारको मण्डले क्षेत्रबाट २६.४ किलोग्राम हेरोइन बरामद गरिएको छ । अधिकारीहरूले देशको केन्द्रीय क्षेत्र मण्डलेमा २६.४ किलोग्राम हेरोइन बरामद गरेको लागुऔषध दुरुपयोग नियन्त्रण केन्द्रीय समितिले शुक्रबार उल्लेख गरेको गरेको छ।
गोप्य सूचनाका आधारमा लागुऔषध विरुद्धको कारबाहीमा प्रहरीले मे ७ मा मण्डलेको बस स्टेशनमा एउटा गाडीबाट अर्को गाडीमा सारिएको बोराको खोजी गर्दा साबुन कन्टेनरमा रहेको २६.४ केजी हेरोइन बरामद गरेको हो ।
सो अबैध कारोबारमा संलग्न रहेको आशङ्कामा पाँच संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको छ । बरामद लागुऔषधको मूल्य लगभग ६६६० मिलियन क्याट (३१४,२८५ अमेरिकी डलर भन्दा बढी) रहेको बताइएको छ ।
संदिग्धहरूलाई लागुऔषध र साइकोट्रोपिक पदार्थ कानून अन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको बताइएको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया