नवनियुक्त मन्त्रीको आग्रह– बधाई दिन आउँदा खादामाला नल्याउनुहोला
कास्की । गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा भेटघाटमा आउँदा खादामाला नल्याउन आग्रह गरेका छन् ।
बधाई तथा शुभकामना दिँदा खादामाला, पुष्पगुच्छा आदि प्रयोग नगर्न उनले सर्वसाधारणमा आग्रह गरेका हुन् ।
खादामालामा अनावश्यक फजुल खर्च हुने र वातावरणीय स्वच्छतामा पनि हानी पु–याउने भएकाले त्यस्ता वस्तुको प्रयोगलाई निरुत्साहित गर्न लागिएको मन्त्री जुग्जालीको सचिवालयले जनाएको छ ।
मन्त्रीसँग भेटघाटमा आउँदा खादामाला, फूल, ‘बुके’ स्वीकार नगरिने सचिवालयको सूचनामा उल्लेख छ । मन्त्रालयमा अत्यावश्यकबाहेक हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म भेटघाटको समय तय गरिएको मन्त्री जुग्जालीका स्वकीय सचिव सुदिन पौडेलले जानकारी दिए ।
म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित उहाँ गत शुक्रबार मन्त्रीमा नियुक्त भएका थिए । मन्त्री जुग्जाली अघिल्लो सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।
नेपाली कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनेपछि उनी पुनः मन्त्री बनेका हुन् । शुक्रबार पदभार सम्हालेपछि मन्त्री जुग्जालीले प्रादेशिक सडकको गुरुयोजना बनाउने पहिलो निर्णय गरेका थिए ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया