मोरङमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’ को लक्षण
बेलबारी । मोरङको बेलबारीस्थित एक बंगुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को लक्षण देखापरेको छ । सो फर्मका बंगुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।
बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बंगुरमा सो रोगको लक्षण देखापरेको हो । चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फर्मका सञ्चालक धीरेन लिम्बूले बताए ।
‘केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी खेर गयो’, उनले भने । वैदेशिक रोजगारीको सिलसिलामा नौ वर्ष कोरियामा बिताएका उनले विदेशमा सिकेको सीप स्वदेशमै गर्नुपर्छ भनेर पुँजीसँगै सीप भित्र्याएका थिए । २५ लाखभन्दा धेरैको नोक्सानी भएको उनले जानकारी दिए । छेउमै रहेका बाख्रा फर्म र माछा पोखरीमा भने उक्त रोगले असर नदेखाएको जनाइएको छ ।
उनले २२ कट्ठा जमिनमा तीन वर्षअघिदेखि फर्म सञ्चालन गर्दै आएका थिए । बेलबारी नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले भने, ‘अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएपछि प्रयोगशाला परीक्षण लागी विराटनगर हुँदै काठमाडौं पठाइएको छ ।’ रोगको लक्षण हेर्दा अफ्रिकन स्वाइन फिभर नै हुनसक्छ तर प्रयोगशालाको विस्तृत प्रतिवेदन नआउञ्जेल यकिन भन्न नसकिने उनले बताए । उनका अनुसार यो रोगको लक्षण दुई वर्षअघिमात्र नेपालमा भित्रिएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया