NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

आज सकिएन खाँणको बयान, बाँकी बयान भोलि लिने

काठमाडौं । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको बयान भोलि लिने भएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग साँठगाँठको आरोपमा पक्राउ परेका खाँणको बयान आज नसकेपछि भोलि लिने भएको हो ।

उक्त प्रकरणमा पक्राउ परेका व्यक्तिले दिएको बयान र प्रमाणका आधारमा खाँणलाई गत वैशाख २७ गते पक्राउ गरिएको थियो । पक्राउपछि अदालतबाट म्याद थप गरेर प्रहरीले अभियोगमाथि छानबिन गरिरहेको छ ।