सरकारसँग रास्वपाको माग : शरणार्थी प्रकरणका दोषीबाट क्षतिपूर्ति भराउ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली भुटानी शररणर्थी प्रकरणमा दोषीलाई कडाभन्दा कडा कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग राखेको छ । रास्वपाले विज्ञप्तिमार्फत यस प्रकरणका बहुआयमिक पक्षहरुलाई केलाई अनुसन्धानलाई सोही ढंगले अगाडि बढाई दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग राखेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पुर्याएको र विश्वसामू शिर झुकाएको उल्लेख गर्दै रास्वपाले यस घटनालाई सुक्ष्म ढंगले नियालीरहेको जनाएको छ ।
साथै रास्वपाले विज्ञप्तिमार्फत हालसम्म सरकार र प्रहरीले उठाएको कदमप्रति साथ र समर्थन व्यक्त गरेको छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया