सरकारसँग रास्वपाको माग : शरणार्थी प्रकरणका दोषीबाट क्षतिपूर्ति भराउ
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली भुटानी शररणर्थी प्रकरणमा दोषीलाई कडाभन्दा कडा कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग राखेको छ । रास्वपाले विज्ञप्तिमार्फत यस प्रकरणका बहुआयमिक पक्षहरुलाई केलाई अनुसन्धानलाई सोही ढंगले अगाडि बढाई दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग राखेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पुर्याएको र विश्वसामू शिर झुकाएको उल्लेख गर्दै रास्वपाले यस घटनालाई सुक्ष्म ढंगले नियालीरहेको जनाएको छ ।
साथै रास्वपाले विज्ञप्तिमार्फत हालसम्म सरकार र प्रहरीले उठाएको कदमप्रति साथ र समर्थन व्यक्त गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो



प्रतिक्रिया