NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नङ भाँचिन्छ ? अहिलेबाटै खानुहोस् यी खानेकुरा

एजेन्सी । नङको हेरचाह गर्दा गर्दै पनि कहिलेकाहीं नङ कमलो भएर भाँचिने तथा पहेँलो हुने गर्छ । जसबाट नङ पाल्न मन हुनेहरु दुःखी हुन्छन् । यस्तो समस्या तब हन्छ जब हाम्रो नङ कमजोर हुन्छ । यसको लागि हामीले खाने खानको भूमिका महत्वपूर्ण छ ।

सन्तुलित र स्वस्थ खानाले कमजोर नङलाई ठिक गर्छ र नङ भाँचिने समस्याबाट बच्न सकिन्छ । नङ प्रोटिन केराटिनबाट बनेको हुन्छ । त्यसैले स्वस्थ नङका लागि प्रोटिनयुक्त खाना खानुपर्छ । मासु र अण्डा प्रोटिनको राम्रो स्रोत हो । यसमा प्रोटिनको मात्रा बढी हुन्छ । जुन स्वस्थ र बलियो नङका लागि आवश्यक छ ।

यसबाहेक, नङ स्वस्थ राख्न नट्सहरुको सेवन गर्नुहोस् । नट्स पनि प्रोटिन र फाइबरले भरिपूर्ण हुन्छ । यसले नङ बढाउनसमेत मद्त गर्छ ।नङको लागि गाढा हरियो सागसब्जी पनि राम्रो मानिन्छ । यसमा क्याल्सियम, आइरन र एन्टिअक्सिडेन्टहरू प्रशस्त मात्रामा पाइन्छ भने भटामिनहरु पनि पाइन्छ ।

जसले नङ स्वस्थ राख्छ । यस्तै, नङ स्वस्थ र बलियो बनाउन शुद्ध तेल जस्तै, नरिवल, जैतुन र तोरीको तेल पनि नङमा लगाउन सकिन्छ । यी तेलमा ओमेगा–३, ओमेगा–६ फ्याटी एसिड हुन्छ । जसले नङको चमकसँगै नङ भाँचिने समस्या हुँदैन् ।