युक्रेनमाथि आक्रमण गर्न रुसले इरानबाट थप ड्रोन खरिद गर्दैछ : अमेरिका
काठमाडौं । युक्रेनमा आक्रमण गर्न रुसले इरानबाट थप ड्रोन किन्न लागेको अमेरिकाले दाबी गरेको छ । यसअघि पनि रुसले इरानबाट ४०० ड्रोन खरिद गरिसकेको छ ।
बाइडेन सरकारले गत वर्ष स्याटेलाइट तस्बिर र खुफिया जानकारी सार्वजनिक गरेको थियो । जसअनुसार, इरानले सयौं ड्रोन रुसलाई बिक्री गरेको थियो ।
विगत केही महिनादेखि अमेरिकी अधिकारीहरूले पनि इरानले रुसलाई सयौं क्षेप्यास्त्र बेच्ने विचार गरिरहेको बताउँदै आएका छन् । तर अमेरिकाले अहिलेसम्म यसको प्रमाण भने फेला पारेको छैन ।
ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष जोन किर्बीले भने, ‘इरानले रुसलाई लगातार एकतर्फी आक्रमण गर्ने युएभीहरू दिइरहेको छ।’
यो आपूर्ति गत भदौदेखि नै जारी छ । इरानले रुसलाई ४०० साहेद युएभी दिएको छ ।
रसियाले यी सबै ड्रोन युक्रेनको महत्त्वपूर्ण पूर्वाधार जस्तै भवन, पुल र सडकमा आक्रमण गर्न प्रयोग गरेको उनको भनाइ छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया