युक्रेनमाथि आक्रमण गर्न रुसले इरानबाट थप ड्रोन खरिद गर्दैछ : अमेरिका

काठमाडौं । युक्रेनमा आक्रमण गर्न रुसले इरानबाट थप ड्रोन किन्न लागेको अमेरिकाले दाबी गरेको छ । यसअघि पनि रुसले इरानबाट ४०० ड्रोन खरिद गरिसकेको छ ।
बाइडेन सरकारले गत वर्ष स्याटेलाइट तस्बिर र खुफिया जानकारी सार्वजनिक गरेको थियो । जसअनुसार, इरानले सयौं ड्रोन रुसलाई बिक्री गरेको थियो ।
विगत केही महिनादेखि अमेरिकी अधिकारीहरूले पनि इरानले रुसलाई सयौं क्षेप्यास्त्र बेच्ने विचार गरिरहेको बताउँदै आएका छन् । तर अमेरिकाले अहिलेसम्म यसको प्रमाण भने फेला पारेको छैन ।
ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष जोन किर्बीले भने, ‘इरानले रुसलाई लगातार एकतर्फी आक्रमण गर्ने युएभीहरू दिइरहेको छ।’
यो आपूर्ति गत भदौदेखि नै जारी छ । इरानले रुसलाई ४०० साहेद युएभी दिएको छ ।
रसियाले यी सबै ड्रोन युक्रेनको महत्त्वपूर्ण पूर्वाधार जस्तै भवन, पुल र सडकमा आक्रमण गर्न प्रयोग गरेको उनको भनाइ छ ।
ताजा अपडेट
-
आजको मौसमः कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
प्रतिक्रिया