NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

मदन-आश्रित स्मृति फुटबल बुधबारदेखि

काठमाडौं । बुधबारदेखि मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा ६० टोलीको सहभागिता रहने छ ।

प्रतियोगिता यही जेठ ८ गतेसम्म चल्ने छ । प्रतियोगिताका सबै खेल लैनचौरस्थित खेल मैदानमा खेलाइने युवा सङ्घका स्थायी कमिटी सदस्य समीप त्रिपाठीले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेता टोलीलाई तीन लाख, उपविजेतालाई दुई लाख र तेस्रो हुने टोलीलाई रु एक लाख पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । उनीहरुको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी निधन भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष