NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

स्वार्थ बाझिने सांसद समितिमा नबस्ने स्वघोषणा गरौं : थापा

काठमाडौं । प्रतिनिधिसभा अर्थ समितिमा स्वार्थ बाझिने सदस्यहरूलाई नबस्ने स्वघोषणा गर्न एमालेका सांसद सूर्य थापाले ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको अर्थ समितिको पहिलो बैठकको सुरूवातमै थापाले सो घोषणा गर्न ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभा नियमावली,२०७९ को दफा १७५ को (२) र (३) मा भएको व्यवस्थाअनुसार सदस्यहरूको मनोनयन गर्दा, ‘स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगर्ने’ व्यवस्था रहेको भन्दै उनले समितिको ध्यानाकर्षण गराए ।

‘विगतमा नियमावलीमा यस्तो व्यवस्था नरहेकोमा नयाँ नियमावलीले स्पष्ट व्यवस्था गरेको हुँदा प्रचलित कानुनबमोजिम स्वार्थ नबाझिने भनेको के हो ? स्पष्ट व्याख्या र आवश्यक निर्णय हुन जरूरी देखिएको छ’, उनले भने ।

२५ सांसद रहेको अर्थ समितिको बैठक ज्येष्ठ सदस्य कांग्रेस सांसद सन्तोष चालिसेको अध्यक्षतामा बसेको थियो ।