कांग्रेस राजनीतिक दल होइन : ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस राजनीतिक पार्टी नै नभएको टिप्पणी गरेका छन् ।
३० औं मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस गन्तब्यहीन पार्टी भएको टिप्पणी गरेका हुन् ।
मुलुक गम्भीर परिस्थितिमा पुग्दासमेत कांग्रेस किंकर्तव्यविमूढ बन्न पुगेको उनले आरोप लगाए ।
‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो’, उनले भने, ‘त्यो पार्टीलाई हावा न चावाको पार्टी बनाइयो ।’
देशलाई सही बाटोमा लैजाने अभिभारा एमालेमा मात्र आएको जिकिर गर्दै ओलीले कांग्रेस भोलि उठी कहाँ जाने केही थाहा नभएको पार्टीको संज्ञा दिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया