NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एलआइसी नेपालले माग्यो चिफ अपरेटिङ अफिसर

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चिफ अपरेटिङ अफिसरका लागि कर्मचारी माग गरेको हो ।

सो पदका लागि कम्पनीले बिजनेश तथा फाइनान्समा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । कम्पनीका अनुसार जीवन बीमा क्षेत्रमा १५ वर्ष र मार्केटिङमा ५ वर्षको अनुभव भएको हुनुपर्ने  छ ।

यसबाहेक  जीवन बीमा क्षेत्रमा राम्रो ज्ञान भएको नेपाली र अंग्रेजी दुबै बोल्न सक्ने हुनुपर्ने छ । तलब भने समझदारीमा हुने कम्पनीले जनाएको छ ।

योग्यता पुगेका ईच्छुकले आवश्यक काजगात संकलन गरी जेठ १७ गतेसम्म दरखास्त दिन कम्पनीले अनुरोध गरेको छ ।