NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

राष्ट्रिय सभाको बैठक १ बजे बस्दै

काठमाडाैं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा सभाको बैठक बस्दै छ ।

आजको राष्ट्रिय सभाको बैठकममा सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल हुने संसद सचिवायलयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सम्माननीय राष्ट्रपति महोदयले ०८० जेठ ५ गेत शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आव ०८०–८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्याक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् । सोही प्रस्ताव उपर संसदमा छलफल हुनेछ ।