राष्ट्रिय सभाको बैठक १ बजे बस्दै
काठमाडाैं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा सभाको बैठक बस्दै छ ।
आजको राष्ट्रिय सभाको बैठकममा सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल हुने संसद सचिवायलयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सम्माननीय राष्ट्रपति महोदयले ०८० जेठ ५ गेत शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आव ०८०–८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्याक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् । सोही प्रस्ताव उपर संसदमा छलफल हुनेछ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया