संसदमा प्रस्तुत नीति तथा कार्यक्रम फिर्ता लिन सरकारलाई ओलीको सुझाव
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले संसदमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम फिर्ता लिन सुझाव दिएका छन् ।
आइतबार संसदलाई सम्बोधन गर्दै उनले गन्तव्यहीन नीति तथा कार्यक्रमले मुलुकको हित हुन नसक्ने टिप्पणी गरे । ‘म सम्मानीय सभामुखमार्फत सरकारलाई भन्न चाहन्छु, संसदमा विचाराधीन नीति तथा कार्यक्रम फिर्ता लिनोस् । प्रतिपक्षी दलसँग डराएर होइन’, उनले भने, ‘नीति तथा कार्यक्रम देशको नीतिअनुसार आउनुपर्छ । यो कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्नोस यो नै मुलुकको हितमा छ ।’
५ जेठमा सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि अहिले ओलीले टिप्पणी गरिरहेका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया