NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

संसदमा प्रस्तुत नीति तथा कार्यक्रम फिर्ता लिन सरकारलाई ओलीको सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले संसदमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम फिर्ता लिन सुझाव दिएका छन् ।

आइतबार संसदलाई सम्बोधन गर्दै उनले गन्तव्यहीन नीति तथा कार्यक्रमले मुलुकको हित हुन नसक्ने टिप्पणी गरे । ‘म सम्मानीय सभामुखमार्फत सरकारलाई भन्न चाहन्छु, संसदमा विचाराधीन नीति तथा कार्यक्रम फिर्ता लिनोस् । प्रतिपक्षी दलसँग डराएर होइन’, उनले भने, ‘नीति तथा कार्यक्रम देशको नीतिअनुसार आउनुपर्छ । यो कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्नोस यो नै मुलुकको हितमा छ ।’

५ जेठमा सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि अहिले ओलीले टिप्पणी गरिरहेका छन् ।